बुटवल, साउन २० । राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुखसहित दुई जना पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले उनीहरुलाई आज दिउसो घुससहित रंगेहात पक्राउ गरेको हो ।
व्यवसायीसँग लेनदेन गर्दै गरेको गोप्य सूचनाका आधारमा गएको अख्तियारको टोलीले घुस लिने अनुसन्धान कार्यालयका प्रमुख विजय राना र दिने व्यवसायी अनिलकुमार झालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो ।
अख्तियार कार्यालय बुटवलका सूचना अधिकारी सुरेश भुसालका अनुसार कार्यालय प्रमुख रानालाई घुस दिने झा गुट्खा र चिनी व्यवसायी हुन । दुवै जनाबाट २ लाख रुपैयाँ नगद पनि बरामद भएको छ । दुवै जनालाई बुटवल उपमहानगरपालिका–१३ बुद्धनगरबाट पक्राउ गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्