जनता टाइम्स

२० श्रावण २०७७, मंगलवार १७:११

उपत्यका छिरेका १०८५३ जनाको पिसिआर जाँच गर्दा ४० जनामा देखियो संक्रमण


काठमाडौं, २० साउन

लकडाउन खुलेपछि काठमाडौं छिदैं गरेका १० हजार ८५३ जना यात्रुको कोरोना जाँच गर्दा ४० जनाको रिपोर्ट पोजेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अघिल्लो साता काठमाडौँ छिर्ने तीनवटा नाका नागढुंगा, फर्पिङ र साँगा भन्ञ्याङमा बुथ राखी स्वाब संकलन गरेको थियो ।

स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशका विभिन्न जिल्लाबाट उपत्यकामा छिरेकाहरुको नमूना लिई जाँच गर्दा ०.४ प्रतिशतमा कोरोना संक्रमण देखिएको बताउनुभयो ।

उहाँका अनुसार नागढुंगाबाट ६ हजार ६४ जनाको नमूना लिएको त्यसमा १६ जना संक्रमित, साँगाबाट ३ हजार ७८२ जनाको नमूना लिएर जाँच गर्दा १३ जनामा संक्रमण र फर्पिङबाट भित्रिएका १ हजार ३०७ जनाको नमूना लिई जाँच गर्दा ११ जनामा संक्रमण देखिएको हो ।