जनता टाइम्स

२१ श्रावण २०७७, बुधबार ०७:४४

फुटबलर रोनाल्डोले किने विश्वकै सवैभन्दा महंगो कार


लिस्बन । चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले विश्वकै महंगो कार खरिद गरेका छन् ।

जुभेन्ट्स स्टार रोनाल्डोले ८ दशमलब ५ मिलियन युरो अर्थात्, १२०.१९ करोड मुल्यको विलाशी कार बुगाटी ला भोइटर नोइर खरिद गरेका हुन् । रोनाल्डोले खरिद गरेको यो कार संसारकै महंगो र विलाशी मानिन्छ । जुन कार अहिलेसम्म १० पटक उत्पादन गरिएको छ । फुटबलर रोनाल्डोले हालै उक्त कारसँगै बसिरहेको एक तस्बिर समेत इन्सटाग्राममार्फत् सार्वजनिक गरेका छन् ।

उक्त कार प्रतिघण्टा ३ सय ८० किलोमिटरसम्म गुड्न सक्छ । साथै २ दशमलब ४ सेकेन्डमा ६० किलोमिटर । २०२१ सम्म यो कार रोनाल्डोको हात पर्ने बताइएको छ । यो कार रोनाल्डोको हात पुग्ने बेलासम्म जम्मा ३० मिलियनसम्म पर्नसक्ने अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन ।