जनता टाइम्स

२१ श्रावण २०७७, बुधबार १२:४९

धरान उपमहानगरले पनि गर्यो लकडाउन


सुनसरी, साउन २१

धरान उपमहानगरपालिकाले बुधबार रातिबाट लकडाउनको घोषणा गरेको छ । संक्रमितको संख्या बढ्दै जान थालेपछि आज राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताको लागि लकडाउन घोषणा गरिएको उप–महानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले जानकारी दिनुभयो ।

समुदायस्तरमा कोरोना सङ्क्रमित थपिएको भन्दै सुनसरीको ईटहरी उपमहानगरपालिका, ईनरुवा नगरपालिका र दुहबी नगरपालिकाले हिजो लकडाउनको घोषणा गरेकामा आज धरान उपमहानगरपालिकाले पनि लकडाउनको घोषणा गरेको हो ।

योसँगै सुनसरीमा लकडाउन गर्ने पालिकाको सङ्ख्या ४ पुगेको छ । लकडाउनको बेला अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको भण्डारीले बताउनुभयो ।