जनता टाइम्स

२१ श्रावण २०७७, बुधबार २०:५१

प्रचण्ड-माधव समुहको पत्रकार गुट भेलाप्रति शंकर पोखरेलको कठोर टिप्पणी


काठमाडौं, साउन २१ । सत्तारुढ नेकपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसहित सचिवालयका चार नेताले गर्नुभएको पत्रकारको गुट भेला र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध लेख्न दिएको निर्देशनप्रति नेकपाका नेताहरुले कडा आपत्ति जनाएका छन ।

काठमाडौंको एक कलेजमा आज आफू निटक नेकपाका पत्रकारहरुलाई बोलाएर अध्यक्ष, बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओली, ओलीलाई साथ दिने स्थायी कमिटी सदस्य, मन्त्रीदेखि सवैबिरुद्ध लाग्न निर्देशन दिएपछि नेकपाकै नेताहरुले कडा आपत्ति जनाएका हुन । यसै क्रममा प्रदेश ५ का मुख्यमन्त्रीसमेत रहनुभएका नेकपाका नेता शंकर पोखरेलले सार्वजनिक रुपमै प्रतिवाद गर्नुभएको छ ।

उहाँले आजको घटनालाई दुःखद भन्नुभएको छ । ‘पार्टी भित्रको विवाद पत्रकार भेटघाटमा पुग्नु दुःखद हो। पार्टी एकताको रक्षा गर्न नेताहरु पुनः सम्वाद र सहमतीमा फर्कनुको विकल्प छै,’ पोखरेलले भन्नुभएको छ ।