जनता टाइम्स

२२ श्रावण २०७७, बिहीबार ०७:४६

माधव नेपालको मुखबाट फुत्कियो भारतको त्यो योजना


काठमाडौं, साउन २२ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले नेपालको नक्सा छापेर ऐतिहासिक काम गरेको आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले जनतामा निरासाबाहेक केही नदिएको भन्दै भारतीय मिडियाकै शैलीमा प्रधानमन्त्रीबिरुद्ध खनिनु भएको छ ।

आफू निकट पत्रकारको गुट भेलामा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले नक्सा छापेर सरकारले राष्ट्रियताको मामिलामा गरेको ऐतिहासिक कामलाई समेत कुटनीतिक मामिलामा गम्भीर असफलता र देशलाई नोक्सान गरेको आरोप लगाउनु भएको छ । जनताटाइम्सलाई प्राप्त रेकर्डअनुसार नेता नेपालले भारतसँग नेपाली भूमि फिर्ता गर्ने प्रधानमन्त्री ओलीको अठोटलाई गम्भीर कुटनीतिक असफलता भन्नुभएको छ ।

नेपालले नक्सा छापेर ओली सरकारले गम्भीर गल्ती गरेको आफ्नो निश्कर्षसमेत सुनाउनु भएको पाइएको छ । ‘कुटनीतिक बैदेशिक मामिलामा समेत सरकारले चरम अयोग्यता प्रस्तुत गर्दै देशलाई गम्भीर नोक्सान गरेको छ,’ नेपालले भन्नुभयो । नेपालको नक्सा जारी गरेपछि प्रधानमन्त्री ओलीमाथि भारतीय मिडिया र सरिता गिरीहरुले यही आरोप लगाएका थिए । नेपालले आफू निकट पत्रकार भेलामा भारतकै त्यो चाहनालाई राखेर ओलीबिरुद्धको लडाईमा भारतको पूर्ण साथ रहेको संकेत दिनुभएको हो । ‘सरकारको कामबाट जनतामा पार्टीप्रति निरासाबाहेक कुनै उत्साह दिन नसकेको, पार्टलाई नोक्सान मात्रै पुगेको छ,’ जनताटाइम्सलाई प्राप्त अडियो रेकर्डअनुसार प्रधानमन्त्री ओलीबिरुद्ध आक्षेपको बर्षा गर्दै नेता नेपालले भन्नुभएको छ ।

बुधवार आयोजित आफू निकट पार्टी पत्रकारको गुट भेलामा नेता नेपालले नेकपाका अध्यक्ष प्रचण्डले ११ बर्षअघि लगाउनुभएको कठपुतलीकै आरोपलाई पुष्टि गर्ने गरी आफ्नो भनाई राख्नुभएको सहभागी एक पत्रकारले जनताटाइम्सलाई बताए । उनका अनुसार नेता नेपालले राष्ट्रियताको मामिलामा ओली सरकार चुकेको समेत भन्न भ्याउनु भएको छ 

नेता नेपालले ओलीमाथि एक दर्जन गम्भीर आक्षेप लगाउनु भएको छ । त्यसमध्ये दुई ओटा बिषय भारतीय मिडियाले भनेसरह नै रहेको छ । चुनाव हारेर मनोनीत भई २०६६ सालमा प्रधानमन्त्री बन्दा प्रचण्डले उहाँलाई भारतको कठपुतलीको संज्ञा दिनुभएको थियो । बुधवार आयोजित आफू निकट पार्टी पत्रकारको गुट भेलामा नेता नेपालले नेकपाका अध्यक्ष प्रचण्डले ११ बर्षअघि लगाउनुभएको कठपुतलीकै आरोपलाई पुष्टि गर्ने गरी आफ्नो भनाई राख्नुभएको सहभागी एक पत्रकारले जनताटाइम्सलाई बताए । उनका अनुसार नेता नेपालले राष्ट्रियताको मामिलामा ओली सरकार चुकेको समेत भन्न भ्याउनु भएको छ ।