काठमाडौं, साउन २२
नेपाल कम्युनिष्ट पार्टीका प्रचार विभाग उपप्रमुख सुर्य थापाले नेकपा भित्रको अहिलेको गुट पदका लागि भएको बताउनु भएको छ । उहाले नेताहरुमा रहेको व्यक्तिगत आकांक्षा र बाँडफाँटलाई लिएर विगतमा भएको धोवीघाट गठबन्धनसँग तुलना गर्नुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकार समेत रहनु भएका उहाले १० वर्ष अघि तत्कालिन माओवादीमा अध्यक्ष पुष्पकमल दाहालविरुद्ध धोवीघाटमा भएको गठबन्धन र खुमलटार गठबन्धनको रिहर्सल उस्तै उस्तै भएको स्पष्ट पार्नुभयो । नेकपाभित्र विवाद चर्किदै गईरहेका बेला उहाले सामाजिक सञ्जालमा लेख्नु भएको छ ।
१० बर्षअघि साउन यही बेला
धोवीघाट गठबन्धनको परिणति
आकांक्षा र बाँडफाँट
संसदीय दलको नेता – बाबुराम भट्टराई
जनसेना ईन्चार्ज – रामबहादुर थापा ‘बादल’
संगठन विभाग प्रमुख – मोहन वैद्य ‘किरण’
उपप्रधानमन्त्री तथा गृहमन्त्री – नारायणकाजी श्रेष्ठ
पार्टी अध्यक्ष तथा संसदीय दलको नेताबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अपदस्थ गर्न केन्द्रीय कमिटीमा हस्ताक्षर संकलन, बाबुराम, वैद्य, बादल, नारायणकाजी र बिप्लवको मोर्चाबन्दी ।
माओवादी धारको १ दर्जन समुहमा विभाजन र विघटन ।
अहिले १० बर्षपछि साउनको यो बेला
खुमलटार गठबन्धनको रिहर्सल
आकांक्षा र बाँडफाँट
राष्ट्रपति – झलनाथ खनाल
प्रधानमन्त्री – पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष – माधवकुमार नेपाल
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री – नारायणकाजी श्रेष्ठ
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीविरूद्द दाहाल, खनाल, नेपाल र नारायणकाजी श्रेष्ठको मोर्चाबन्दी ।
यो पद, प्रतिष्ठा, गुटबन्दी र भागबण्डा नभएर विधि, पद्दति र एकताको लडाई हो त ? पार्टी विभाजनको खुल्लमखुला हाँक, होहल्ला र रिहर्सल गर्दा यसबाट एकतालाई कहाँनेर सहयोग पुग्यो ? नेकपा विभाजन र समाप्त पार्ने कसरत भइरहेछ । अनि देशीविदेशी षडयन्त्र र चलखेल जारी छ भन्नेतर्फ सचेत भएको खोई ?
प्रतिक्रिया दिनुहोस्