जनता टाइम्स

१२ जेष्ठ २०७६, आईतवार १२:३७

गायिका मेलिना राई र बिबश बस्नेतले ल्याए ‘पिरतीमा कर’ (भिडियो सहित)


काठमाडौं, जेठ १२

सुमधुर स्वरकी धनि लोकप्रिय गायिका गायिका मेलिना राइ र गायक बिबश बस्नेतको आवाजमा रहेको ‘पिरतीमा कर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । कुमार कार्कीको शब्द तथा सङगीत रहेकोछ भने संगीत संयोजन कृष्ण भान्जाले गर्नुभएको छ ।

‘पिरतीमा कर’ गीतको भिडियोलाई सहारा फिल्म्स एण्ड इन्टरटेन्टमेन्टले निर्माण गरेको हो । कलाकार युबिन ढुंगाना र अफ्सना थापाको अभिनय रहेको भिडियोलाई निर्देशक शिबन पोख्रेलले निर्देशन गर्नुभएको छ ।

भिडियोको सम्पादन अधिनायक मान शेरचन र छायांकन अजय रेग्मीले गरेको उक्त भिडियो बि एण्ड बि ब्रदरको प्रस्तुतिमा बजारमा ल्याएको हो । भिडियोमा विशेष भुमिका कुमार कार्की र लक्ष्मी खड्कालाई देख्न सकिन्छ ।

https://youtu.be/hVTNYqYr6UU