जनता टाइम्स

२२ श्रावण २०७७, बिहीबार १२:५६

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टी


कास्की, साउन २२

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित देखिएको छ । क्षयरोग उपचार केन्द्र पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देहीमा गरिएको परिक्षणमा कास्कीका ११ जनामा कोरोना संक्रमण पुष्टी भएको हो।

संक्रमित हुनेमा कास्कीका १, पर्वतका १, गोरखाका ६ र पूर्वी नवलपरासीका ३ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ५६६ पुगेको छ ।