जनता टाइम्स

२२ श्रावण २०७७, बिहीबार १३:४४

अख्तियारका थप २२ कर्मचारीमा कोरोना संक्रमण पुष्टि


काठमाडौं, साउन २२

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि १५ जना संक्रमित भएका थिए । जसमध्ये १४ जना सुरक्षाकर्मी रहेका थिए ।

विहिवार रिपोर्ट आएका भने कुन शाखामा काम गर्ने कस्ता जनशक्ति हुन् भन्ने खुलाइएको छैन । अख्तियारले पीसीआर परीक्षण गरेर कोरोना संक्रमण नभएको पुष्टिपछि मात्रै कार्यालयमा आउन कर्मचारीहरुलाई आग्रह गरेको छ ।

अख्तियारका आयुक्तहरूको परीक्षण भने नेगेटिभ आएको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो । उहाका अनुसार अहिलेसम्म १८२ जनाको परीक्षण भएको र करिव ३ सय जनाको गर्न बाँकी रहेको बताउनु भयो ।