जनता टाइम्स

२२ श्रावण २०७७, बिहीबार १६:४०

प्रहरी हेडक्वाटर नक्सालमा थप १० मा कोरोना पुष्टि


काठमाडौं, साउन २२

प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको पिसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो । प्रहरी प्रवक्ता एसएसपी कुँवेर कडायतका अनुसार संक्रमित प्रहरीलाई अस्पताल लैजाने तयारी भइरहेको छ ।

योसँगै प्रहरी हेडक्वाटरमा संक्रमितको संख्या ८५ पुगेको छ । मुलुकभर नेपाल प्रहरीका ३१९ जना अधिकारी संक्रमित छन् । तीमध्ये ११९ जना निको भएर काममा फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा देशभर थप ३६० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ ।