जनता टाइम्स

२२ श्रावण २०७७, बिहीबार १७:०५

काठमाडौंमा हराएका १६ जना संक्रमितमध्ये ८ जना अझै सम्पर्कविहिन


काठमाडौं, साउन २२

कोरोना भाइरसको रिपोर्ट पोजेटिभ आएपछि बुधबार बेलुकाबाट सम्पर्कविहिन भएका उपत्यकाका १६ मध्ये ८ जना कोरोना संक्रमित सम्पर्कमा आएका छैनन् । ८ जना भने आज दिउँसो स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को सम्पर्कमा आएका हुन् । ८ जना अझै बेपत्ता रहेका छन् तर उनीहरु सबै तराईका जिल्लाहरुबाट आएका व्यक्तिहरु भएको बताइएको छ ।

‘बुधबार उपत्यकामा संक्रमण पुष्टी भएका १०२ जना मध्ये १६ जना इडिसिडीको सम्पर्कमा आएका थिएनन् । ती १६ जनाको फोन अफ थियो । त्यसैले व्यवस्थापन गर्न सकिएको थिएन । अहिले ८ जना सम्पर्कमा आए, उनीहरुको व्यवस्थापन भएको इडिसिडीका बरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाले बताउनुभयो ।