जनता टाइम्स

२३ श्रावण २०७७, शुक्रबार ११:१५

काठमाडौं उपत्यकामा स्वास्थ्य मापदण्ड थप कडा पारिने, तीनै जिल्लाका सिडिओको बैठक बस्दै


काठमाडौं, साउन २३

संक्रमितको संख्या बढ्दै गएपछि नियन्त्रणका लागि काठमाडौं उपत्यकामा स्वास्थ्य मापदण्ड थप कडा पारिने भएको छ । काठमाडौं, भक्तपुर तथा ललितपुर तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकाय प्रमुखको आज बस्ने बैठकले मापदण्ड थप कडा पारिने भएको हो ।

बैठकबाट ठोस निर्णय निकालिने भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनुभयो । त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकालेको चाडपर्व लक्षित स्वास्थ्य सम्बन्धी मापदण्ड कार्यान्वयनको समेत जिल्ला प्रशासनले तयारी सुरु गरेको छ । चाडपर्व घरमै बसोबास गर्ने परिवारका व्यक्ति मात्र बसेर मनाउने तथा घर बाहिरका व्यक्ति भेट्नै परेमा मास्क सहितको निश्चित भौतिक दुरी कायम गर्ने आधारभुत मापदण्ड छन् । त्यस्तै धार्मिक स्थलमा हुने भिडभाडमा बढीमा २५ जना मात्र सहभागी हुन पाउनेछन् ।

शारीरिक रुपमा जुन सुकै अवस्थाका अवस्थ व्यक्ति घर परिवार भन्दा बाहिरकाहरु सँगको प्रत्यक्ष पहुुँचमा नआउने लगायतका मापदण्ड कडाईका साथ लागु गराउन उपत्यकाको प्रशासन कार्यालय अग्रसर भएको छ । हाल उपत्यकामा ६ सय बढी संक्रमित पुगिसकेका छन् । सो संख्या कम्तीमा ३ हजार पुग्ने आंकलन सरकारले गरेको स्रोतले बताएको छ ।