जनता टाइम्स

२३ श्रावण २०७७, शुक्रबार ११:२८

कोरोना संक्रमणबाट २१ वर्षीय युवकको मृत्यु, मृतक संख्या ६६ पुग्यो


सिरहा, साउन २३

कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट सिरहाका एक युवकको मृत्यु भएको छ । गोलबजार नगरपालिका–१२ निवासी २१ बर्षीय युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको सिरहा प्रशासनले पुष्टि गरेको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलका अनुसार मिर्गौला रोगी युवक डायलासिस सेवा लिन धरान पुगेका थिए । प्रजिअ कणेलका अनुसार केही दिन अगाडि उक्त युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो । यसअघि नेपालमा कोरोना संक्रमणबाट ६५ जनाको मृत्यु भइसकेको छ । अब नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ ।