विराटनगर, साउन २३
विराटनगरको कोशी अस्पतालमा कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका एक पुरुषको मृत्यु भएको छ । विराटनगर–९ का ५८ वर्षीय अग्रवाल थरका पुरुषको मृत्यु भएको हो । शुक्रबार बिहान आफन्तले अस्पताल पूर्याएका थिए । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएकाले अस्पतालले आइसोलेसनमा भर्ना गरेको थियो ।
आइसोलेसनमा राखेर जाँच गर्दा मृत्यु भइसकेको पाइएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिनुभएको छ । एकसाता यता ज्वरो खोकी र श्वासप्रश्वासमा समस्या देखिएका पुरुषलाई निमोनियाको पनि समस्या थियो । शुक्रबार बिहान ९ः१५ मा अस्पताल आएका थिए । कोरोनासँग मिल्ने लक्षण देखिएकाले शवलाई आइसोलेसनमा राखेर कोरोना जाँचका लागि स्वाब संकलन गरिएको उहाँले बताउनुभयो ।
‘लक्षण मिल्दो जुल्दो लक्षण देखिएकाले भएकाले स्वाब संकलन गरी परीक्षणमा पठाएका छौं,’ उहाँले भन्नुभयो, ‘दिउँसोसम्म रिपोर्ट आउँछ ।’ यसअघि विराटनगरमा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भइसकेको छ । विराटनगर–७ का ७७ वर्षीय वृद्ध र विराटनगर(९ का ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्