जनता टाइम्स

२३ श्रावण २०७७, शुक्रबार १५:२०

रोकिएन सुनको मूल्यमा वृद्धि, दिनदिनै नयाँ रेकर्ड


काठमाडौं, साउन २३

सुनको मुल्य आज पनि तोलामा १ हजार रुपैयाँले बढेको छ। बिहीबार १ लाख २ हजार ५ सय रुपैयाँ कारोवार भएको छापावाल सुन आज तोलामा १ लाख ३ हजार ५ सय पुगेको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो।

लगातार उकालो लागिरहेको सुनको मूल्य रोकिएको छैन्। आज चाँदी पनि तोलामा ६० रुपैयाँले बढेको छ। बिहीबार तोलाको १३ सय ४५ रुपैयाँ रहेको चाँदी आज १४ सय ५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।