काठमाडौं, साउन २३
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार तथा नेकपा स्थायी कमिटि सदस्य विष्णु रिमालले आफ्नै पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रवक्ता पदको लाज जोगाउन आग्रह गर्नुभएको छ ।
पार्टीमा विवाद भईरहेका बेला एउटा गुटका नेताले भेला गर्दै हिडिरहेका बेला उहाले पदको लाज जोगाउन आग्रह गर्नुभएको हो । “इनफ इज इनफ नारायणकाजी जी ! कमसेकम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस्,” रिमालले ट्वीटर मार्फत भन्नु भएको छ । उहाले ‘विधि र पद्धती’को नक्कली गीत नगाउन समेत श्रेष्ठलाई आग्रह गर्नुभएको छ । “बिधि र पद्धतीको नक्कली गीत गाउँदै नेताहरुलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस् ! ’, रिमालले भन्नु भएको छ ।
ट्वीटरमा रिमालले घुमाउरो शैलीमा नेकपा प्रवक्ता श्रेष्ठ पार्टी एकता विरुद्ध लागेको आरोप लगाउनु भएको छ । उहाले ट्वीटमा भन्नु भएको छ,
Enough is enough @nksthaprakash जी! कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस। ‘बिधी र पद्दती’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटवन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस्! पार्टी एकता बिरूद्धका कुनैपनि गतिबिधि कतैबाट पनि नहोस् !! मुलुक संवेदनशील मोडमा छ महसूस होस् !!!
प्रतिक्रिया दिनुहोस्