जनता टाइम्स

२४ श्रावण २०७७, शनिबार ११:१३

शीर्ष नेतालाई योगेश भट्टराईको मार्मिक सुझाव


काठमाडौं, साउन २४ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले अहिलेको बिवाद थाँती राखेर सहमतिमा फर्कनुको बिकल्प नरहेको बताउनु भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्यसमेत रहनुभएका मन्त्री भट्टराईले सचिवालयका नेताहरुको यात्रा सही बाटोमा नरहेको भन्दै फर्कनुको बिकल्प नरहेको आफ्नो निश्कर्ष सुनाउनु भएको हो ।

नेता भट्टराईले पछिल्लो समय भइरहेकोगुटगत भेला र बिवादको बिषयमा आफ्नो धारणा राख्दै भन्नुभएको छ, ‘फर्कनै नहुने वा फर्कनै नसकिने हो भने नेपाली शब्द भण्डारमा फर्कनु भन्ने शब्द नै बन्ने थिएन । जब यो शब्द छ भने यसको प्रयोग पनि हुन्छ । तसर्थ: फर्कन सकिन्छ र फर्कनु पर्छ । दोश्रो बिकल्पै छैन ।’ पर्यटनमन्त्री भट्टराई नेकपाको बिवाद समाधानका लागि आफ्नोतर्फबाट पहल गरिरहनुभएको छ ।