काठमाडौँ, साउन २४
काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्न सकेको छैन । शनिवार ६२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको कोभिड १९ नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा उपत्यका ३ जिल्लामा ६२ जनामा संक्रमण पुष्टि भएको जानकारी गराएको हो ।
प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं ५६, ललितपुर ३ र भक्तपुरमा ३ संक्रमित फेला परेका छन् । शुक्रबार उपत्यकामा १०६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको थियो ।













प्रतिक्रिया दिनुहोस्