जनता टाइम्स

२४ श्रावण २०७७, शनिबार २१:००

बाटोमै समातिए बिद्युत प्राधिकरणका यी हाकिम’साप


काठमाडौं, साउन २४ । नेपाल विद्युत प्राधिकरण, ढल्केबर ग्रीड शाखा, धनुषाका कार्यालय प्रमुख रितेश गुप्ता पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज एक करोड २४ लाख ९१ हजारको चेकसहित कार्यालय प्रमुख गुप्तालाई पक्राउ गरेको हो ।

कार्यालय प्रमुख गुप्ताले भुक्तानीका लागि आवश्यक पर्ने कागजात स्वीकृत नहुँदै कार्यालय अन्तर्गत सञ्चालित विभिन्न योजनाको भुक्तानी (पार्टी पेमेन्ट)दिन भनी पहिले नै चेक काटी उक्त चेक लिएर काठमाडौं आउँदै गर्दा पक्राउ गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।

हस्ताक्षर भैसकेका कार्यालयका चेक तथा स्वीकृत भैनसकेका सोही चेकसँग सम्बन्धित कागजातसमेत लिएर काठमाडौं जाने आउने सिन्धुली, कमलामाई नगरपालिका– ९ बाट गुप्तालाई पक्राउ गरिएको हो । प्रवक्ता अधिकारीका अनुसार उक्त कार्यालयका चेक तथा सो सँग सम्बन्धित कागजातसहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।a