जनता टाइम्स

२४ श्रावण २०७७, शनिबार २३:२६

भारतीय विदेशमन्त्री एस जयशंकरको आपत्तिजनक अभिव्यक्ति, भन्छन् : गौतमबुद्ध भारतीय हुन् (भिडियोसहित)


काठमाडौं, साउन २४

भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्ध भारतीय भएको दाबी गरेका छन् । उद्योग निकाय सिआइआइले आयोजना गरेको भर्चुयल इभेन्ट ‘इण्डिया एट सेभेन्टिफाइव समिट’लाई सम्बोधन गर्दै गौतम बुद्ध भारतीय भएको दावी गरेका हुन् ।

उनले सम्बोधनका क्रममा भनेका छन्,‘को हुन् दुई महान इण्डियन, तपाईलाई सधै याद आउछ । म भन्छु एक गौतम बुद्ध अर्को महात्मा गान्धी । यी महान् इण्डियनलाई तपाई र म मात्र होइन सारा विश्वले सम्झन्छ ।’ उनले गौतम बुद्धलाई भारतीय भनेर सारा विश्वसामु सफेद झुट बोलेका हुन् । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि गौतम बुद्धका विषयमा यस्तै प्रचार गरेका थिए ।