जनता टाइम्स

२५ श्रावण २०७७, आईतवार ०७:४८

बाढी पहिरोपीडितको घाउमा मल्हम लगाउन घटनास्थलमै मन्त्री गुरुङ, अघि बढ्यो राहातदेखि पुनर्वाससम्मका काम


दोलखा, साउन २५ । महिला, बालबालिकातथा ज्येष्ठ नागरिक मन्त्रीपार्वत गुरुङले दोलखाको बाढी÷पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ ।

गत साउन २२ गते राति परेका वर्षापछि आएको बाढी र पहिरोमा परी आफ्नै जन्मस्थल गौरीशंकर गाउँपालिका वडा नम्बर ५, ६ र ८ मा दर्जनौ घर परिवार विस्थापित भएपछि उनीहरुलाई राहत तथा पुनर्वासको तत्काल व्यवस्था गर्न मन्त्री गुरुङ आफैं शनिबार प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा पुग्नुभएको हो । जिल्ला दैवी प्रकोप समिति तथा त्यहाँका सबै स्थानीय तहका प्रमुखहरुसहित प्रभावित क्षेत्रमा पुग्नुभएका मन्त्री गुरुङले बाढी, पहिरो प्रभावित टुनिटार, गुरुम्फीमा पीडितलाई सान्त्वना दिनु भएको थियो ।

यस्तै जिल्ला दैवीप्रकोप समिति र स्थानीय तहलाई आवश्यक समन्वय गरी तत्काल पीडितलाई राहत तथा पुनर्वासका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशनदिनु भएको थियो । मन्त्री गुरुङकै पहलमा रेडक्रस लगायतका सामाजिक संघ, संस्थाहरुले पीडितका लागि राहत सामग्री पठाउने क्रम सुरु गरेकाले आजबाट वितरणको काम पनि सुरु गर्न लागिएको गौरीशंकर गाउँपालिकाका अध्यक्ष सोयमबहादुर खड्काले जानकारी दिनुभयो । त्यस क्रममा मन्त्री गुरुङले जोखिममा रहेकाहरुलाई सुरक्षित स्थानमागएर बस्न पनि आग्रह गर्नु भएको थियो ।

मन्त्री गुरुङको टोलीमा बागमती प्रदेशकी सांसद सरस्वती बस्नेत, भिमेश्वर नगरपालिकाका प्रमुख भरत केसीसहित स्थानीय तहका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा, पत्रकारहरुलगायत सहभागी भएकाथिए । सो बाढी र पहिरोमा परी कालिञ्चोक गाउँपालिका वडा नम्बर ८, सुनखानीका २८ वर्षीय सुरेश शिवाकोटीको ज्यान गएको थियो भने ठूलै धनमालको क्षती भएको थियो । आफ्नो गृहजिल्ला र गृहनगरमा बाढी पहिरोले क्षती पुर्याउनुका साथै एक जनाको ज्यानसमेत गएपछि मन्त्री गुरुङ तत्कालै टोली लिएर घटनास्थल आइपुग्नुभएको हो ।