जनता टाइम्स

२५ श्रावण २०७७, आईतवार ०८:५१

नेपालमा कोरोनाबाट थप १ संक्रमितको मृत्यु


पोखरा , साउन २५ ।  पोखरामा कोरोना भाइरसको संक्रमणबाट १ संक्रमितको मृत्यु भएको छ । ​पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत १ कोरोना संक्रमितको गएराति ११ः३५  बजे पोखरा–१९ लामाचौरका ६२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यका अनुसार मृत्यु भएका वृद्ध डाइयबिटिजका बिरामी थिए ।

गएको १७ साउनमा कोरोना पोजिटिभ देखिएपछि उनलाई आइसीयुमा राखेर उपचार भइरहेको थियो । यससँगै कोरोना भाइरसबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि स्याङ्जाका दुई, बागलुङ र गोरखाका एक/एक जनाको मृत्यु भएको थियो ।  नेपालमा कोरोनबाट मृत्यु हुनेको संख्या ७४ पुगेको छ ।