जनता टाइम्स

२५ श्रावण २०७७, आईतवार १६:४२

नेपालमा कोरोनाबाट ७५ जनाको मृत्यु


काठमाडौं, साउन २५

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ । पछिल्लो समय थप २ जना संक्रमितको मृत्युभएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको भन्दै सबै मृतकप्रति समवेदना प्रकट गर्नुभएको छ ।