काठमाडौं, साउन २६
काठमाडौंको गोंगबु चोक नजिकै आइतबार सुटकेशमा फेला परेको शवको सनाखत हुन नसकेपछि प्रहरीले मृतकको तस्वीर गरेको छ । शव भेटिएको २४ घण्टा वितिसक्दा पनि पहिचान हुन नसकेपछि अनुसन्धान गर्न प्रहरीले अप्ठेरो भएको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार शवको पहिचानमा सहयोग पुग्ने अपेक्षाका साथ तस्वीर सार्वजनिक गरिएको बताउनु भयो । तस्वीरको पहिचान गर्ने व्यक्तिले नजिकैको प्रहरी चौकीमा खबर गर्न समेत एसपी कार्कीले सबैसँग आग्रह गर्नुभयो ।
प्रहरीका अनुसार टोखा नगरपालिका–१० नवज्योति मार्ग गोंगबुमा फेला परेको मृतक पुरुष व्यक्तिको लाशको सनाखत हुन नसकेकोले निम्न हुलिया विवरण भएको व्यक्तिको सम्बन्धमा कुनै जानकारी वा सूचना भए यस महानगरीय अपराध महाशाखाको फोन न ९८५१२८३०३२ वा प्रहरी कन्ट्रोल रुमको निःशुल्क नं. १०० वा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराई अनुसन्धान कार्यमा सहयोग गरिदिन अनुरोध गरेको छ ।
प्रहरीका अनुसार मृतकको उचाई ५ फिट ३ ईन्चदेखि ५ फिट ५ इन्चसम्मको उमेर अन्दाजी ४० देखि ५० वर्षसम्मको मंगोलियन जस्तो देखिन गहुँगोरो रहेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्