जनता टाइम्स

२६ श्रावण २०७७, सोमबार १६:१७

नाका सिल नगरे उपत्यकाले कोरोना थेग्न सक्दैन : मेयर शाक्य


काठमाडौं, साउन २६

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नाका सिल नगरे उपत्यकाले कोरोना थेग्न नसक्ने बताउनु भएको छ । उहाले उपत्यकाका सबै नाकालाई सिल नगरेसम्म उपत्यकाभित्र संक्रमण नियन्त्रणमा नआउने बताउनु भएको हो ।

कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजकसँग आइतबार भेट्नु गर्नुभएका मेयर शाक्यले नाकामा कडाई गर्न सुझाव दिएको बताउनु भयो । उपत्यकामा समुदायस्तरमा संक्रमण अझै पनि कम देखिएको र यसलाई नियन्त्रण गर्न सबै नाकामा सिल गर्नुपर्ने मेयर शाक्यले स्पष्ट पार्नुभयो ।

‘यहाँ घना बस्ती छ। एउटै घरमा धेरै व्यक्तिहरू बस्छन्, घरधनी एकजना छ भने त्यही घरमा बहालमा बस्नेहरू धेरैजना छन्। एउटै कोठामा धेरै व्यक्ति बसेका छन्। यहाँ बिजनेस कम्प्लेक्सहरु धेरै छन्। यहाँ बजार धेरै छ। बजारमा आवतजावत गर्दा एकव्यक्ति र अर्को व्यक्ति ठोकिने सम्भावना धेरै छ’, उहाले भन्नुभयो ।

शुरुमा नै उपत्यका सिल गरेर यहाँ रहेका ४० लाख व्यक्तिमा खुकुलो गर्ने तर केही व्यक्तिलाई काठमाडौंभित्र छिराउँदा शान्त तलाउमा ढुंगा हानेजस्तो हुने भनेर समितिलाई सल्लाह दिएको स्मरण समेत मेयर शाक्यले गर्नुभयो ।

सरकारले बन्दाबन्दी खोले पनि लामो दूरीका सवारीसाधन चलाउन नदिएकाले यसलाई एक किसिमको बन्दाबन्दी नै मानेर आवतजावत बन्द गर्नुपर्ने उहाको भनाइ छ। एक जिल्लाबाट अर्को जिल्लामा जान निषेध गर्नुभनेको संक्रमण फैलन नदिनु भएकाले त्यसमा ध्यान दिन पनि आग्रह गर्नुभयो ।