जनता टाइम्स

२६ श्रावण २०७७, सोमबार १६:४४

सुटकेशमा भेटिएको शवको खुल्यो पहिचान


काठमाडौं, साउन २६

गोंगबुमा विभत्स अवस्थामा फेला पारिएको शव दाङका कृष्णबहादुर बोहराको भएको खुलेको छ । यसअघि प्रहरीले शवको सनाखत नहुँदा अनुसन्धानले गति लिन नसकेपछि शवको तस्वीर सार्वजनिक गरेको थियो । त्यसपछि शव बोहराको भएको खुलेको हो । बोहरा नयाँ बजार क्षेत्रको एक उद्योगमा काम गर्ने बताइएको छ ।

मृतकको सनाखत भएसँगै काठमाडौं प्रहरी परिसर र अपराध अनुसन्धान महाशाखाको टोली अहिले गोंगबु पुगेको छ । हिजो गोंगबु चोकनजिकै सुटकेशभित्र टाउको र खुट्टाविनाको शव भेटिएको थियो । कुकुरको सहयोगमा प्रहरीले त्यसको तीन सय मिटर पर टाउको र खुट्टा भेटेको थियो ।