जनता टाइम्स

२७ श्रावण २०७७, मंगलवार ११:३४

गोगंबु हत्याकाण्ड : नग्न तस्विर सार्वजनिकपछि हत्या !


काठमाडौं, साउन २६

गोंगबुमा विभत्स हत्या गरिएका कृष्णबहादुर बोहराको हत्यामा संलग्न महिला र उनकी १६ वर्षीय छोरीलाई प्रहरीले सार्वजनिक गरेको छ । उनिहरुको भेटवार्ता तीन÷चार वर्ष अघि फेसबुकबाट भएको देखिएको छ । तर, ति कल्पनाले मृतक बोहरासँग कमला पौडेलको नामबाट कुरा गर्ने गरेको खुलेको छ ।

दुवै जनाले कुरा गरेपछि भेटघाट गरेको र पछि फेरी सम्बन्ध बिग्रिदै गएको देखिएको प्रहरीले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले कल्पना र कृष्णबहादुरबीच तीन(चार वर्षअघि फेसबुकबाट चिनजान भएको जानकारी दिनुभयो ।

‘पछि कृष्णबहादुरले नक्कली फेसबुक एकाउन्ट बनाएर महिलाका निर्वस्त्र तस्बिरहरू राख्न थालेको उनले बताएकी छन्,’ एसएसपी ज्ञवालीले भन्नुभयो, ‘केही दिनअघि उनले कृष्णबहादुरलाई रक्सीमा हालेर स्लिपिङ ट्याबलेट खुवाएको र सुतेपछि अण्डकोषमा हानेर मारेको स्वीकारेकी छन् ।’

बलात्कारको प्रयासपछि हत्या !

कल्पनाले शनिवार राती आफ्नो फ्ल्याटमा आएका कृष्णबहादुर बोहरालाई ‘आफैले मारेको’ प्रहरीसमक्ष स्विकार गरिसकेकी छन् । उनले प्रहरीसँग हत्या गर्न कसैको सहयोग नलिएको तर शव व्यवस्थापनमा १६ वर्षिय छोरीले सहयोग गरेको भने खुलेको छ । ‘मलाई दुःख दिन आएपछि हत्या गरेको आरोपीको भनाइ छ,’ हत्या अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने– ‘शव व्यवस्थापनमा चाहिँ उनकी १६ वर्षीया छोरीले सहयोग गरेको खुलेको छ ।’

बलात्कार प्रयास गरेपछि घुँडाले संवेदनशील अंगमा हिर्काउँदा ढलेको कल्पनाको दावी छ । कृष्णबहादुरलाई स्लिपिङ ट्याब्लेट ९नशा दिने चक्की० खुवाएको पनि अनुसन्धानबाट खुलेको छ । हत्या गरेपश्चात कल्पना शाहीले एम्बुलेन्स चालकलाई बोलाएर चितवन भागेको खुलेको छ । ३७ वर्षीया कल्पनाले हत्या गरेको भोलिपल्ट आइतबार भिनाजुलाई फोन गरेको प्राविधिक अनुसन्धानमा खुलेको छ ।

कोठामा हत्या गरेर नजिकै शव लुकाएपछि कल्पना आइतबार १६ वर्षीया छोरी र १३ वर्षका छोरा लिएर एम्बुलेन्समा चितवन भागेकी थिइन् । चितवन माइतीघरमा रहेकै बेला कल्पनालाई काठमाडौंबाट खटिएको अपराध महाशाखा र चितवन प्रहरीको टोलीले पक्राउ गरेको थियो ।