काठमाडौं, साउन २७
निरन्तर ओराले लाग्दै सुनको मुल्य मंगलबार पनि ८ सय रुपैयाँले घटेर तोलाको १ लाख १६ सय पुगेको छ । सोमबार १ लाख २ हजार ४ सयमा कारोबार भएको सुन मंगलबार ८ सय रुपैयाँले घटेर १ लाख १६ सय पुगेको हो । आज चाँदीको मूल्य १४ सय ३५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
सोमबार चाँदी १३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्