जनता टाइम्स

२७ श्रावण २०७७, मंगलवार २०:१५

क्रुर आमा : जस्ले आफ्नै छोरीलाई यसरी फसाइन


काठमाडौं, साउन २७ । आइतबार बिहानै झमझम पानी परिरहेको थियो । पानी परिरहेका बेला गोंगबुको नवज्योति मार्गको सडकमा स्थानीयले एउटा सुटकेश देखे । जसबाट रगत बगरिरहेको थियो । उनीहरु अत्ताल्लिएर प्रहरीलाई खवर गरे, यहाँ एउटा सुटकेश छ, रगल आइरहेछ ।’ जानकारी पाएलगत्तै प्रहरी घटनास्थल पुग्यो । घटनाको संवेदनसिलता बुझेर नै होला, एकाबिहानै महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवाली र अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापा स्वयं पनि घटनास्थल पुग्नुभयो ।

घटनास्थल पुग्दा कालो सुटकेश रातो प्लास्टिकले बेरिएको थियो। छेउमा बोराको नाम्लो राखिएको थियो । सुटकेश खोलेर हेर्दाभित्र एक पुरूषको शव देखियो तर उनको टाउको र खुट्टा थिएन । वरपर खोजे तर शवको टाउको र खुट्टा भेटिएन । यस्तो बिभत्स दृष्य देखेर अनुसन्धानमा खटिएका अधिकृतहरु नै अलमलमा परे । उनीहरुलाई फसाद आइलाग्यो, टाउकोबिना शवको पहिचान कसरी गर्ने ?’ तत्कालै प्रहरीको डग स्कुलबाट कुकुर बोलाइयो । कुकुरले केही मिटर पर टाउको फेला पार्यो ।

प्रहरीले शव भेट्टाए पनि शवको पहिचान हुन सकेको थिएन । प्रहरीले आइतबार दिनभर गोंगबुका एक हजार बढी घरहरूमा सोधपुछ तथा खोजी गर्यो। शवको पहिचान नै हुन सकेन । २४ घन्टासम्म सनाखत नभएपछि सोमबार दिउँसो प्रहरीले शवको टाउकोलाई ‘इडिट’ गरी तस्बिर सार्वजनिक गर्यो । त्यो तस्बिर सार्वजनिक भएको केही समयमै मृतकका मामा प्रहरीको सम्पर्कमा आइपुगे । प्रहरीले पहिचान गर्यो मृतक रोल्पा रून्टीगढी गाउँपालिका ७ घर भई गोंगबुस्थित एक होटलमा बस्दै आएका ४५ वर्षीय कृष्णबहादुर बोहोरा रहेछन । शव पहिचान भएपछि प्रहरीले अनुसन्धानलाई तीब्र बनायो, त्यसपछि उनको हत्या कसरी र कसले गरेको हो भन्ने थाहा पाउन धेरै समय लागेन ।

मामाबाटै प्रहरीले थाहा पाए उनी विगत ८ महिनादेखि गोंगबुको एक होटलमा बस्दै आएका थिए भने नयाँबजारस्थित एक गार्मेन्ट उद्योगमा काम गर्थे । स्थानीय र मृतकको आफन्तको बयानपछि प्रहरी नवज्योतिमार्गस्थित ३७ वर्षीया कल्पना मुडभरी पौडेलको फ्ल्याटमा पुग्यो । त्यहाँ पुग्दा उनको कोठामा ताला लगाइएको थियो, कल्पना थिइनन्। प्रहरीले उनको फ्ल्याटमा खोजतलासी गर्दा प्रहरीले खुकुरी, ह्याम्मर, रगतका दाग फेला पार्यो । अनुसन्धानका लागि आवश्यक चाहिने सबुतहरू सबै फेला परेपछि घटना सोही घरमा भएको निश्कर्षमा प्रहरी पुग्यो । अनि फलो गर्दै प्रहरीले चितवन कालिका नगरपालिका ७ बाट पक्राउ गरी सोमबार राति नै काठमाडौं ल्यायो ।

प्रहरीका अनुसार मृतक कृष्णबहादुर र कल्पना बीच तीन चार वर्षअघि फेसबुकबाट चिनाजान भएको थियो । कृष्णबहादुर कल्पनाको कोठामा बेलाबेलामा जाने गर्थे । कल्पनासँगै दुई छोरीछोरा थिए । उनका श्रीमान विदेशमा छन । प्रहरीका अनुसार केही समयअघि कृष्णले कल्पनाको नामबाट नक्कली फेसबुक आइडी बनाएर उनका नग्न तस्बिर राखेपछि आफूले उनको हत्या गरेको बयान कल्पनाले बयान दिएकी छन । हत्याका पछाडि आर्थिक लेनदेनको कुरासमेत हुन सक्ने देखिएको छ ।

शनिबार कल्पनाले कृष्णलाई आफ्नै फ्ल्याटमा बस्नेगरी बोलाइन । कृष्ण साँझपख होटलबाट बा ७२ प ५६४४ नम्बरको स्कुटी चढेर उनको फ्ल्याटमा गए । उनलाई केही जानकारी भएन तर कल्पनाले उनको हत्या गर्ने पहिले नै योजना बनाइसकेकी थिइन्। कल्पनाले कृष्णलाई खुवाउन दही, चिउरा, मासु र भोड्कासमेत तयार पारिन । खानेकुरासँगै उनले स्लिपिङ ट्याब्लेट, ह्यामरसमेत छेउमै राखिन । घरमा आएका कृष्णलाई उनले दश एमजीको पाँच वटा निन्द्राको औषधी दहीमा हालेर सेवन गराइन । सवै पूर्वयोजना बनाएर बसेकी कल्पनाले मृतकलाई रक्सी पनि खुवाइन, दहीमा निन्द्राको औषधी हालेर दिइन, जव नसामा लठ्ठ भए त्यही मौकामा ह्याम्मरले मृतकको अण्डकोषमा हानिन । अण्डकोषमा हानेर पनि कल्पनाले मरे कि मरेनन भनेर सलले घाँटीमा थिचेको बयान प्रहरीलाई दिएकी छन ।

सिंगो शव व्यवस्थापन गर्न नसकिने ठानेपछि टुक्राटुक्रा पार्ने योजना बनाइन, अनि ट्वाइलेटमा लगेर उनले टाउको र खुट्टा काटिन । प्रहरीमा दिएको बयानअनुसार उनले मारेको आधा घन्टामै झोलामा टाउको र खुट्टा राखेर फालेर आइन । उनको यो क्रुरतालाई त्यत्तिञ्जेल एउटै फ्ल्याटमै रहेका उनका छोरा र छोरीले पत्तै पाएनन । तर बाँकी रहेको शव ब्यवस्थापन गर्न नसकेर उनले आफ्नै छोरीलाई फसाउन पुगिन 

हत्यापछि कल्पना शव व्यवस्थापनमा लागिन । सिंगो शव व्यवस्थापन गर्न नसकिने ठानेपछि टुक्राटुक्रा पार्ने योजना बनाइन, अनि ट्वाइलेटमा लगेर उनले टाउको र खुट्टा काटिन । प्रहरीमा दिएको बयानअनुसार उनले मारेको आधा घन्टामै झोलामा टाउको र खुट्टा राखेर फालेर आइन । उनको यो क्रुरतालाई त्यत्तिञ्जेल एउटै फ्ल्याटमै रहेका उनका छोरा र छोरीले पत्तै पाएनन । तर बाँकी रहेको शव ब्यवस्थापन गर्न नसकेर उनले आफ्नै छोरीलाई फसाउन पुगिन । कल्पनाले सुटकेशमा शव हालिन तर बोक्न सकिनन । अनि अर्को कोठामा रहेकी छोरीलाई बोलाएर सबै कुरा बताइन ।

सुटकेश बोक्न कल्पनाले नाम्लो लगाइन, पानी परिरहेको हुदाँ छोरीलाई छाता ओढाउन लगाइन । छोरीले आमाको पिठ्यूँमा रहेको सुटकेशलाई एक हातले सघाइन् अर्को हातले छाता ओढाइन । आमालाई त्यहीसहयोग गर्दा अहिले उनी पनि अभियुक्त बन्नुपरेको छ । प्रहरीले कल्पनाका १५ वर्षीया छोरीलाई पनि नियन्त्रणमा लिएको छ । आमाले फेसबुकमा चिनजान गरी सम्बन्ध कायम राखेको र हत्या गरेको दुवै बिषयमा अञ्जान हुँदाहुँदै पनि सघाउदा उनी अपराधी बन्नुपरेको हो ।