जनता टाइम्स

१२ जेष्ठ २०७६, आईतवार १५:४६

आफ्नो कारणले अन्य उडान ढिलाई भएपछि मेक्सिकोको मन्त्रीद्वारा राजीनामा


काठमाडौं, जेठ १२

आफ्नो उडानका कारण अरु उडानलाई असर परेपछि मेक्सिकोकी वातावरण मन्त्री जोसेफा गोन्जालेज ब्लान्को अर्टिज मेनाले राजीनामा दिनुभएको छ । सरकारी कामका लागि विमानबाट अन्यत्र जाने क्रममा अरु व्यवसायिक जहाजको उडानमा ढिलाई भएको भन्दै चर्को आलोचना भएपछि उहाँले राजीनामा दिनुभएको हो ।

मन्त्री मेनाले आफूले गर्दा विमानमा सवार यात्री र विमान चालकहरुलाई ढिला हुन पुगेको भन्दै दिएको राजीनामा राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेस ओब्राडोरले स्वीकृत पनि गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । राष्ट्रपति ओब्राडोरको सरकारबाट एक हप्तामा राजीनामा दिने उहाँ दोस्रो सरकारी अधिकारी हुन् । यसअघि बजेट कटौती गरेको भन्दै मेक्सिकोका सामाजिक सुरक्षा विभागका प्रमुखले राजीनामा दिनुभएको थियो । एजेन्सी