जनता टाइम्स

२८ श्रावण २०७७, बुधबार ०९:१९

पाटन अस्पतालमा उपचाररत महिलाको कोरोनाबाट मृत्यु


 

काठमाडौं, २८ साउन । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृतक जनकपुरकी २८ वर्षीया महिला हुन् । यही साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् ।स्वास्थ्य कार्यालय ललितपुरले उनको मृत्यु बुधबार भएको पुष्टि गरेको छ ।