जनता टाइम्स

२८ श्रावण २०७७, बुधबार ११:२४

सुनको मुल्यमा एकैचोटी उच्च गिरावट, यति सस्तो भयो


काठमाडौं, साउन २८

एक लाख रुपैयाँ भन्दा बढिरहेको सुनको मूल्य बुधबार एकैदिन उच्च गिरावट आएको छ । बुधबार सुनको प्रतितोलामा ६ हजार रुपैयाँले घटेको हो । मंगलबार एक लाख १६ सयमा कारोबार भएको सुन ६ हजार दुई सयले घटेर ९५ हजार ४ सयमा पुगेको छ । सुनको मूल्य बढेर एक लाख साढे तीन हजारसम्म पुगेको थियो ।

चाँदीको मूल्य पनि घटेर १२ सय १० रुपैयाँमा पुगेको छ। अघिल्लो दिन १४ सय ३५ रुपैयाँमा कारोबार भएको सुन एकैदिन २ सय २५ रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासघंले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ । सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै घटबढ भएर त्यसको असर नेपालमा समेत देखिएको महासंघले बताएको छ ।