जनता टाइम्स

२९ श्रावण २०७७, बिहीबार १३:४७

कोरोना जोखिमयुक्त व्यवसायमा संलग्नले आफ्नै खर्चमा अनिवार्य परीक्षण गर्नुपर्ने


काठमाडौं, साउन २९

भीडभाड हुने क्षेत्रका उद्योग र पेशा व्यवसायमा संलग्नहरुले आफ्नै खर्चमा पीसीआर परीक्षण गर्न आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गरी धेरैको सम्पर्कमा आउने प्रकृतिको जोखिमयुक्त व्यवसायमा संलग्न व्यवसायी र कर्मचारीले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गर्न भनिएको हो ।

‘सपिंग मल, रेष्टुरेन्ट, होटल आदि उद्योग, व्यवसायमा संलग्न हुने व्यक्तिहरु धेरैको सम्पर्कमा आउने र जोखिम हुने अवस्था छ ।’ सूचनामा भनिएको छ, ‘त्यसैले यस्ता व्यवसायमा संलग्न हुने कर्मचारी तथा व्यवसायीहरुको सम्बन्धित उद्योग व्यवसायीहरुले आफनै खर्चमा अनिवार्य पीसीआर परीक्षण गर्ने गराउने व्यवस्था गर्नु गराउनु हुन अनुरोध गरिन्छ ।’