जनता टाइम्स

२९ श्रावण २०७७, बिहीबार २०:१४

ओलीसँग संवादलगत्तै गुट भेलामा पुगे प्रचण्ड


काठमाडौं, साउन २९ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका चार नेताले थापागाउँस्थित एक निजी कलेजमा केन्द्रीय सदस्यसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा छलफल गरेलगत्तै आज दिउँसो अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताले प्रदेश ५ का केन्द्रीय सदस्यसँग छलफल गर्नुभएको हो ।

थापागाउँस्थित प्रेसिडेन्टल कलेजमा भएको छलफलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल, खनाल र प्रवक्ता श्रेष्ठले पार्टी विवाद समाधानका लागि सुझाव माग्नुभएको छ । सोही कलेजमा हिजो बुधवार प्रचण्ड र नेपाल समूहका नेताले गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग छलफल गर्नुभएको थियो । सके प्रधानमन्त्री ओलीलाई हटाउने नसके पार्टी नै बिभाजन गर्ने गरी अघि बढेको यो समुहले गत साउन २१ गते आफू निकट पार्टी पत्रकारको गुट भेला गरी प्रधानमन्त्री ओलीबिरुद्ध कडा रुपमा प्रस्तुत हुन निर्देशन दिएको थियो ।

पत्रकारको गुट भेलामा खराव भन्दा खराव परिस्थितिका लागि तयार रहन भन्दै प्रधानमन्त्रीबिरुद्धको युद्ध जिते मात्रै आफूहरुको योजन ासफल हुने निर्देशन अध्यक्ष प्रचण्डले दिनुभएको थियो भने बरिष्ठ नेता नेपालले भारतको चाहनाअनुसार धारणा राखी ओली सरकार कुटनीतिक रुपमै असफल भन्नसमेत भ्याउनुभएको थियो ।  सो भेलाको अडियो बाहिरिएपछि सो समुहको योजना नै भताभुंग बनेको थियो । पार्टी पत्रकारको गुट भेला पार्टी बिभाजनकै लागि आयोजना गर्ने भन्दै देशभरका नेता कार्यकर्ताले प्रतिवाद गरेपछि प्रचण्ड माधव समुह केही समय रक्षात्मक बनेर बसेको थियो । पत्रकारको सो गुट भेलापछि अध्यक्ष ओली र प्रचण्डबीचको बार्ता नै स्थगित भएको थियो । सो भेलापछि रोकिएको संवाद आजबाट सुरु भएको छ ।

ओलीसँगको सम्वादपछि आज पनि प्रचण्ड र नेपाल समूहले बिहीबारसमेत आफू निकट केन्द्रीय सदस्यसँग मात्र छलफल गरेका हुन्। बालुवाटारमा प्रधानमन्त्री ओलीसँग करिब चार घण्टा लामो छलफल सकेपछि प्रचण्ड केन्द्रीय सदस्यसँगको छलफलमा सहभागी हुनुभएको थियो ।  साउन २० पछि दुई अध्यक्षबीच हुन नसकेको संवाद ९ दिनपछि बिहीबार तोडिएको छ। केन्द्रीय सदस्यहरुसँगको छलफलमा अध्यक्ष प्रचण्डले आजको संवाद सकारात्मक ढंगले अगाडि बढेको जानकारी गराउनु भएको छ। पछिल्लो समय अध्यक्ष प्रचण्ड बालुवाटारमा सहमत भएर फर्कने तर नेता नेपालसँग भेट गरेलगत्तै सहमतिबाट पछि हटने गर्दै आउनु भएको छ । ओली सरकार ढालेर बदला लिने योजनामा नेपाल समुह रहेको छ ।