जनता टाइम्स

३० श्रावण २०७७, शुक्रबार १३:२२

गण्डकी प्रदेशमा फेरी थपिए २१ संक्रमित


काठमाडौं, साउन ३०

गण्डकी प्रदेशमा आज थप २१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित देखिएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा स्याङ्जा र तनहुँका २ जिल्लाका थप २१ जनामा कोरोना पुष्टी भएको हो । जसमा स्याङ्जाका १ र तनहुँका २० जना रहेका छन् ।

तीनीहरु मध्ये ६ जना महिला र १५ जना पुरुष छन् । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ६८१ पुगेको छ ।