काठमाडौं, साउन ३० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीच कार्यदलमार्फत सुझाव लिएर पार्टीभित्र देखिएको समस्याको एकमुष्ट समाधान गर्ने सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको बार्तामा दुवै अध्यक्षबीच एकमुष्ट निकासका लागि कार्यदलमार्फत सुझाव लिने सहमति भएको हो ।
सोही सहमतिअनुसार दुवै अध्यक्षले पार्टीका आन्तरिक समस्याको समाधानका लागि यथाशक्य गृहकार्य गरी सुझाव प्रस्तुत गर्न महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गर्नुभएको छ । महासचिव पौडेल नेतृत्वको सो कार्यदलमा भीम रावल, शङ्कर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहनुभएको छ ।
सो कार्यदललाई पार्टीभित्रका समस्या समाधानका लागि एकीकृत सुझाव दिने जिम्मेवारी तोकिएको छ । सोही कार्यदलले एकता महाधिवेशनदेखि पार्टीभित्र देखिएको समस्या समाधानको लागि एकीकृत सुझाव दिनेछ ।













प्रतिक्रिया दिनुहोस्