जनता टाइम्स

३१ श्रावण २०७७, शनिबार ११:१२

पर्सामा ३६ संक्रमितले जिते कोरोना


विरगञ्ज, साउन ३१

कोरोना भारसको सङ्क्रमण पुष्टि भई पर्साको वीरगञ्जमा उपचाररत ३६ जना सङ्क्रमित कोरोना सङ्क्रमण मुक्त भई शुक्रबार साँझ डिस्चार्ज भएका छन् ।

वीरगञ्जको नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचाररत ८ जना र वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचाररत २८ जना गरी ३६ सङ्क्रमित कोरोना सङ्क्रमण मुक्त भई डिस्चार्ज भएको गण्डक अस्थायी कोभिड अस्पतालका कोअर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिनु भयो । गण्डक अस्थायी कोभिड अस्पतालबाट आठ जना पुरुष र वीरगञ्ज हेल्थकेयर अस्पतालबाट दुई वर्षीया बालिका र ६ महिलासहित २८ जना गरी ३६ जना कोरोना जितेर सङ्क्रमण मुक्त भई डिस्चार्ज भएको डा. सिंहले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय पर्साले उपलब्ध गराएको तथ्यांक अनुसार शुक्रबार साँझसम्मा पर्सा जिल्लामा १ हजार १ सय ६८ जनामा कोरोना सङ्क्रमित पुष्टिभएको छ । जसमा १९ जना भारतीय नागरिक , ८२ जना स्वास्थ्यकर्मी, ५७ सुरक्षाकर्मी, ४ जना पत्रकार, ८३ कैदी थुनुवा , २ जना एम्बुलेन्स चालक र २८ जना अस्पताल सर सफाइ कर्मचारी समेत रहेका छन् ।

हालसम्म पर्सामा पिसिआर परिक्षणको लागि १५ हजार ४४ जनाको स्बाव संकलन गरिएको र ८ सय ६८ स्बावको परिक्षण रिर्पोट आउन बाँकी रहेको छ । २६ सङ्क्रमित को मृत्यु भईसकेको छ जसमा पर्साका १९, बाराका ५, रौतहटका १ र वीरगञ्जमा फेला परेको १ बेवारिसे शवको हालसम्म पहिचान हुन नसकेको छैन । (गोरखापत्र)