जनता टाइम्स

३१ श्रावण २०७७, शनिबार ११:५१

प्रधानमन्त्री ओलीद्वारा भारतका प्रधानमन्त्री मोदीलाई स्वतन्त्रता दिवसको बधाई तथा शुभकामना


काठमाडौं, साउन ३१

प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र भारतको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार र त्यहाँका जनतामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आज बिहान ट्विट गर्दै भारतका जनताको थप प्रगति र समृद्धिको कामना गर्नुभएको छ । ‘भारतीय जनताको प्रगति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु’, प्रधानमन्त्री ओलीले लेख्नु भएको छ ।

१५ अगस्टका दिन सन् १९४७ मा भारत बेलायती उपनिवेशबाट स्वतन्त्र भएको थियो । त्यही दिनको सम्झनामा भारतमा रहेक वर्ष १२ अगस्टमा स्वतन्त्रता दिवस मनाइन्छ।