काठमाडौं, साउन ३२
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापन पक्षका केही नेताले सभापति शेरबहादुर देउवाविरुद्ध गुटबन्दी गरेका छन् । फागुन ७ गतेदेखी काठमाडौंमा महाधिवेशन गर्ने यसअघि नै तय भएर कार्यतालिका समेत सार्वजनिक भईसकेको छ । तर, देउवा निकट मानिएका उपसभापति विमलेन्द्र निधिले सभापतिमा उठ्नका लागि गुटलाई बलियो बनाउदै लगेपछि समिकरण फेरिएको हो ।
निधीले असन्तुष्ट बनेर छरिएर रहेका समुहलाई एकतित्र बनाउने प्रयास गरिरहेका छन् । तर, निधीले औपचारिक रुपमै सभापति देउवालाई आफु सभापतिमा उठ्ने जानकारी गराएका छन् । उनले विहिवार देउवासँग महाधिवेशनमा आफुलाई सहयोग गर्न प्रस्ताव गरेका हुन् । जसका कारण संस्थापन पक्षमा हलचल नै मच्चाएको छ । स्रोतका अनुसार निधीले यो आफैले भने गरेका होइनन् ।
निधीलाई सभापतिमा उठाउने खेलमा दुई शक्ति मुख्य भूमिकामा रहेका छन् । निधी निकट एक नेताको दावीलाई मान्ने हो भने भारतले पनि निधीलाई कांग्रेसको सभापतिका रुपमा हेर्न चाहान्छ । तर, जनताटाइम्स यसको स्वतन्त्र पुष्टि भने गर्न सक्दैन । निधीलाई सभापतिमा अगाडी सार्ने कांग्रेसभित्रका मुख्य योजनाकार भने प्रदिप गिरी रहेका छन् । उनकै पहलमा यो गुट अगाडी बढेको हो ।
यस गुटमा देउवाका विश्वासपात्र मानिएका बालकृष्ण खाँडलाई समेत समावेश गरेको स्रोतको दावी छ । यसैगरी दिपकुमार उपाध्याय, आनन्द ढुंगाना, महेन्द्र यादव, अजर्नुनरसिह केसी, गगन थापा, उमाकान्त चौधरी लगायतका नेताहरुपनि गोलबन्द भईसकेका छन् । यद्यपी यी नेताहरुबीच कुन नेता कुन पदमा उठ्ने भनेर सहमति भने भईसकेको छैन । जसले गर्दा देउवा पार्टीभित्र हच्किएका छन् ।
यसैगरी कोइराला परिवारबाट संशाक कोइरालाले उम्मेदवारी दिने तयारी गरेकाले सो गुटले अन्य नेताहरुको समर्थन जुटाउने प्रयास गरिरहेको छ । कोइराला परिवारले पौडेल समुहलाई आफूतिर तान्ने प्रयत्न गरिरहेको छ । तर, दुवै समुहबाट सभापतिका आकाक्षी धेरै भएकाले हालसम्म त्यस्तो समिकरण भने नबनेको स्रोतको दावी छ ।
गुटहरु निर्माण हुदै गएपछि सभापति देउवा भने पार्टीभित्र अल्पमतमा पर्ने देखिएको छ । विहिवार निधीले सहयोगको आग्रह गरेपनि देउवाले त्यसलाई अस्विकार गरेका छन् । उनले यो महाधिवेशनमा आफुलाई सहयोग गर्न र १५ औं महाधिवेशनमा सहयोग गर्ने निधीलाई वचन दिएका हुन् । उनि पार्टीभित्र कमजोर बन्दै गएकाले विहिवार आफ्नै निवासमा बसेको पदाधिकारी बैठकमा महाधिवेशन जेठसम्म सार्ने प्रस्ताव समेत गरेका थिए ।
उपसभापति विजयकुमार गच्छदारबाट उनले फागुनको महाधिवेशन जेठसम्म लम्ब्याउन प्रस्ताव राखेका थिए । तर, अन्य सदस्यले विरोध गरेपछि कुनै सहमति हुन सकेन् । त्यसपछि क्रियाशिल सदस्य बढाउने सहमति खोजिएको थियो । ५० प्रतिशत क्रियाशिल सदस्य बढाउने प्रस्ताव पारित भएपछि महाधिवेशनको लफडा यहीबाट शुरु हुने स्रोतको दावी छ । देउवाले महाधिवेशन सार्नकै लागि सो प्रस्ताव पारित गरेको दावी स्रोतले गरेको छ । अहिलेको विभाग गठनबाट नै त्यसको पुष्टि हुने केही नेताले बताएका छन् । देउवाले केही दिनअघिबाट धमाधम विभाग गठनलाई तिव्रता दिएका छन् ।
देउवाविरुद्ध पार्टीभित्र बनिरहेको समिकरणले गर्दा महाधिवेशन सार्ने तयारी भईरहेको उनि निकट एक नेताले दावी गरेका छन् । संविधानत साढे ५ वर्षसम्ममात्रै कार्यकाल बढाउने प्रावधान रहेको छ । जुन देउवाले उपभोग गर्ने र त्यसपछि कुनै सानो पार्टीसँग एकता गरेर कार्यकाल थप लम्ब्याउने दाउमा रहेका हुन् । यदी उनले महाधिवेशन लम्ब्याउन नसके र समिकरण आफु अनुकुल नभए सभापतिको उम्मेदवार नै दिननसक्ने सम्भावना पनि रहेको स्रोतले दावी गरेको छ । तर, त्यसपछि के गर्ने भन्नेमा उनि अहिले अन्यौलमा देखिएका छन् ।
देउवाले सभापतिमा उम्मेदवारी नदिए अन्तिममा निधी, कोइराला र पूर्वमहामन्त्री प्रकाशमानसिह श्रेष्ठबीच भिडन्त हुने सम्भावना रहेको छ । कोइराला समुह र श्रेष्ठ समुहबीच समझदारी बनेमा निधी र अर्को समुहबीचमात्रै पनि भिडन्त हुने सम्भावना रहेको नेताहरुले बताएका छन् ।













प्रतिक्रिया दिनुहोस्