काठमाडौं, साउन ३२ । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत दुई जना उच्च प्रहरी अधिकृतमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अस्पतालका दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा संक्रमण भेटिएको हो ।
नेपाल प्रहरीका एक उच्च अधिकृतले दुई डिआइजीमा कोरोना संक्रमण भएको पुष्टि गरेका छन् । हालसम्म सो अस्प्तालमा कार्यरत ३६ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
प्रहरी प्रधान कार्यालयले हालसम्म प्रहरी प्रधान कार्यालय र मातहतका इकाइमा गरी १ सय ५५ जना प्रहरीमा सक्रिय संक्रमण रहेको जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार देशभर गरी ६२० जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ जसमध्ये १४० जना निको भएका छन ।
प्रतिक्रिया दिनुहोस्