जनता टाइम्स

३२ श्रावण २०७७, आईतवार १७:१९

जव ओली–प्रचण्डले चाल पाए पार्टी बिभाजनको योजना


यसरी बिफल भयो प्रचण्डको ढाडमा टेकेर प्रधानमन्त्री ओलीको टाउँकोमा हान्ने माधव–झलनाथको योजना

काठमाडौं, साउन ३२ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र एक अध्यक्षको आडमा अर्काे अध्यक्षमाथि आक्रमण गरी पार्टी नै बिभाजनको तहमा पुर्याउने समुहको रणनीति बिफल भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्ड दुवैले आफूहरुलाई एक अर्काबिरुद्ध भिडाएर मिल्नै नसक्ने बिन्दुमा पुर्याउँदै पार्टी नै बिभाजनको गर्ने योजनाबारे जानकारी पाएपछि अप्रत्यासित रुपमा कार्यदल गठन गर्दै बिभाजनको योजना बिफल बनाउनु भएको हो ।

‘दुई अध्यक्षलाई मिल्नै नदिने र एकअर्काबरुद्ध भिडाएर वारपारको अवस्था सिर्जना गर्ने षडयन्त्रबारे दुवै अध्यक्ष जानकार भएपछि बिभाजन टर्यो, दुवै अध्यक्षले यो तथ्यलाई बुझेर नै निकास दिन कार्यदल गठन गर्नुभएको हो,’ बालुवाटार र खुमलटार निकट रहेका स्थायी कमिटीका केही सदस्यले जनताटाइम्ससँग भने । ती नेताहरुका अनुसार बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल जसरी पनि अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग बदला लिने उदेश्यका साथ अर्का अध्यक्ष प्रचण्डलाई उचालिरहनु भएको थियो । उहाँहरुलाई प्रवक्ता नारायणकाजी श्रेष्ठले समेत दह्रो साथ दिएपछि अध्यक्ष प्रचण्डलाई ओलीबिरुद्ध भिडाएर वारपार गर्ने नीति झनै अघि बढेको हो । नेपाल र खनाल निकट समुहले अध्यक्ष ओली निकट नेताहरुलाई समेत एउटा पद नछाडे दुवै पदबाट गलहत्याउने र पार्टीबाट निकाल्ने धम्की दिँदै आएको थियो ।

‘प्रचण्डलाई ओलीसँग मिल्नै नसक्ने अवस्थामा पुर्याइसकिएको छ, अव बहुमत जुटाएर ओलीलाई त पार्टीबाटै हटाइन्छ, तपाईहरु अलिक बिचार गर्नुहोला’ भन्दै सो समुहले ओली निकट केन्द्रीय सदस्य, सांसद, जनसंगठनका नेताहरुलाई धम्की दिने गरेको थियो । यता प्रचण्डलाई ओलीसँग मिल्नै नहुने बरु बहुमत जुटाएर पार्टीबाट निकाल्नु पर्ने अडानमा नेपाल खनाल समुह रहेको थियो । खुमलछार निकट स्रोतका अनुसार साउन १३ गतेको स्थायी कमिटी बैठक स्थगित भएपछि नेपाल र खनालले ओलीबिरुद्ध कठोर कदम चाल्न प्रचण्डलाई निकै दवाव दिनुभएपछि यो समुह पार्टी बिभाजनकै काममा लागेको निश्कर्ष प्रचण्डले निकाल्नुभएको हो ।

‘माधव र झलनाथको समुह जसरी पनि पार्टी बिभाजनतिरै योजनावद्ध रुमा लागेको पाइयो, अव यस्तो पाराले हुन्न भन्ने निश्कर्षका आधारमा नै अध्यक्ष प्रचण्डले मुभ गर्नुभएको हो, दुई अध्यक्ष मिल्न नदिएर भाँडभैलो मच्चाउने योजना रहेछ भन्ने तथ्यबारे उहाँ जानकार हुनुभएपपछि अर्कै मुभ भयो,’ प्रचण्ड निकट स्थायी कमिटीका अर्का सदस्यले जनताटाइम्ससँग भने, ‘प्रधानमन्त्री ओली त सुरुदेखि नै प्रचण्डको ढाडमा टेकेर माधव र झनाथको समुह आफ्नो टाउकोमा हान्ने रणनीतिमा छ भन्ने बिषयमा जानकार हुनुहुँदो रहेछ, अध्यक्ष प्रचण्डलाई नै प्रधानमन्त्रीले यस बिषयमा भनिसक्नु भएको रहेछ ।’ स्रोतका अनुसार हरेक बिषयमा सहमति भन्दा बिमति खोज्ने र जसरी पनि अध्यक्ष तथा प्रधानमन्त्री ओलीको अपमान गर्नुपर्ने अडानमा नेपाल र खनाल उभिएपछि प्रचण्ड सहकार्य घाँडो भयो भन्ने निश्कर्षमा पुग्नुभएको हो ।

सोही निश्कर्षका आधारमा शुक्रवार महासचिव बिष्णु पौडेलको संयोजकत्वमा हालसम्म आफूहरुबीच भएको सहमतिलाई प्रस्तावका रुपमा ल्याउन र महाधिवेशनको बिषयमा स्पष्ट हुने गरी प्रस्ताव बनाउन कार्यदल गठन गरिएको थियो । कार्यदल गठनअघि अध्यक्ष प्रचण्डले नेपाल र खनालसँग नाम माग्दा तीन जनाको नाम दिएपनि भोलिपल्टै बिधि र पद्धतीको नाममा अध्यक्ष प्रचण्डलाई नै धम्क्याउन खुमलटार पुगिसक्नु भएको छ । स्रोतका अनुसार कार्यदल गठन भन्दा अघिल्लो दिन बिहीवार नै प्रचण्डले ‘अव पार्टी बिभाजन होइन, एकतावद्ध रुपमा अघि बढाउन थप ढिलाइ नगर्ने’ भन्दै अध्यक्ष ओलीसँग नै सहमति गर्ने बिन्दुमा पुगेको जानकारी दिनुभएको थियो । त्यसक्रममा उहाँले कार्यदल बनाउने भन्दै नाम माग्दा नेपालले बेदुराम भुसाल, रघुजी पन्त, भीम रावल र सुरेन्द्र पाण्डेको नाम दिनुभएको थियो । दुई जना मात्रै रहने बताएपछि पन्त र भुसालको नाममा जोड दिइएको थियो । अध्यक्षद्वयको छलफलमा कार्यदलमा रावल र पाण्डे सहभागी भएपछि बिधि र पद्धतीका नाममा अध्यक्ष प्रचण्डलाई भेटेरै आपत्ति जनाएको स्रोतले बतायो ।

‘उहाँहरुको बिधि र पद्धती भनेको पार्टीलाई लथालिंग बनाउने हो, कार्य दलमा योग्य नेता रहँदाको आपत्ति हो,’ स्थायी कमिटीका ती नेताले भने । अध्यक्षद्वयले शुक्रवा महासचिव पौडेलको संयोजकत्वमा पाण्डे, रावलसहित शंकर पोखरेल, जनार्दन शर्मा र पम्फा भुसाल समावेश गर्नुभएको थियो । सो कार्यदलले शनिवारबाटै आफ्नो काम थालिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच दिनभित्र नेकपाको सिनारियो फरक हुने घोषणा गरेको पर्सिपल्टै कार्यदल गठन भई सहमतिको काम अघि बढेपछि नेकपामा बिभाजन गर्ने समुह भने मर्माहत बनेको छ ।

माधव र झलनाथको समुह जसरी पनि पार्टी बिभाजनतिरै योजनावद्ध रुमा लागेको पाइयो, अव यस्तो पाराले हुन्न भन्ने निश्कर्षका आधारमा नै अध्यक्ष प्रचण्डले मुभ गर्नुभएको हो, दुई अध्यक्ष मिल्न नदिएर भाँडभैलो मच्चाउने योजना रहेछ भन्ने तथ्यबारे उहाँ जानकार हुनुभएपपछि अर्कै मुभ भयो

‘अव धेरै खेल्न नदिने निश्कर्षसहित दुई अध्यक्षले सही समयमा सही निर्णय लिनुभयो, जस्को बिरोध गरेर नेपाल खनाल र श्रेष्ठ समुह कार्यकर्ताको बीचमा थप नांगेझार भइरहेको छ, तर अव नेकपा सहमतिको यात्राबाट फर्कने संभावना छैन,’ खुमलटार निकट ती नेताले भने । त्यसो त पार्टी बिभाजनकै योजना थाह पाएर नै साउन १३ गते उपाध्यक्ष बामदेव गौतमले सहमतिका लागि ६ बुँदे प्रस्ताव सार्वजनिक गर्नुभएको थियो । ‘बामदेव कमरेडको प्रस्तावले तत्काल बिभाजन हुने अवस्था तोडियो, अध्यक्ष प्रचण्डले पनि बिभाजनकारीको नियतबारे थप प्रष्ट हुने मौका पाउनु भयो,’ ती नेताले भने ।

कार्यदल गठनसँगै अध्यक्षद्वयले सोमवार सचिवालयको बैठक बोलाउनु भएको छ । सचिवालय बैठकमा कार्यदल अनुमोदनदेखि सहमतिका बिषयमा आवश्यक निर्णय लिई स्थायी कमिटी बैठकमा लैजाने तयारी अघि बढेको छ । सचिवालय बैठकमा समसाममियक विषयमा समेत छलफल हुनेछ । अध्यक्षद्वयबीच भिडाउने खेल चलेपछि साउन ३ गतेदेखि नेकपा सचिवालय बैठक बस्न सकेको छैन ।

साउन ३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले मंसिरमा अर्ली महाधिवेशन गर्न प्रस्ताव गर्नुभएको थियो भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहमति जनाए पनि बैठकपछि भने आफू अर्ली महाधिवशेनको पक्षमा नरहेको बताउनु भएको थियो । अव भने केन्द्रीय कमिटीले तय गरेको समय चैतमै महाधिवेशन हुने भएको छ । महाधिवेश पनि सहमतिमै हुने भएपछि ओली र प्रचण्ड फुटाएर शक्ति आर्जन गर्ने वा बिभाजनमै पुर्याउने समुहको योजना चकनाचुर भएको छ । नेकपामा ओली र प्रचण्डबिरुद्ध उभिने समुहको महाधिवेशनमा १० प्रतिशत पनि नपुग्ने अवस्था रहेको छ ।