काठमाडौं, भदौ ३ । राष्ट्रपति बिद्यादेवी भण्डारीले आफ्ना एक जना सल्लाहकार र एक बिज्ञलाई बिदा गर्नुभएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार सुरक्षा सल्लाहकार नेत्र थापा र भाषा, संस्कृति र पुरातत्व बिज्ञ माधव शर्मालाई साउन मसान्तबाट बिदा गरिएको हो ।
राष्ट्रपति भण्डारीले आवश्यकताका आधारमा दुई बर्षसम्म सल्लाहकारको म्याद थप्ने वा हटाउने भन्ने निर्णय लिँदै आउनुभएको छ । सल्लाहकार र बिज्ञको रुपमा दुई बर्षसम्म निर्वाह गरेको भुमिकाप्रति धन्यवाद दिँदै साउन मसान्तबाट थापा र शर्मालाई बिदा गरिएको शितलनिवास स्रोतको भनाई छ । ‘उहाँहरु दुवै जनालाई बिदा गरिएको छ, दुई बर्षसम्मको पर्फमेन्सका आधारमा यस्तो निर्णय भएको हो, ‘थापा र शर्मालाई हटाइएको पुष्टि गर्दै शीतलनिवास स्रोतले जनताटाइम्ससँग भन्यो ।













प्रतिक्रिया दिनुहोस्