जनता टाइम्स

५ भाद्र २०७७, शुक्रबार ११:००

कोरोनाबाट पाटन अस्पतालमा उपचाररत दोलखाकी एक महिला र सर्लाहीका एक पुरुषको मृत्यू


ललितपुर, भदौ ५ । कोरोना भाइरसको संक्रमणबाट पाटन अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र ललितपुरले दिएको जानकारी अनुसार दोलखा जिल्लाकी एक महिला र सर्लाही जिल्लाका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

गत भदौ २ गतेदेखि उपचाररत दोलखाकी ३० वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको छ । त्यस्तै साउन ३१ गतेदेखि अस्पतालमा उपचाररत सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको आज बिहान निधन भएको व्यवस्थापन केन्द्रले जनाएको छ ।