जनता टाइम्स

६ भाद्र २०७७, शनिबार १२:१५

कागेश्वरी मनोहराको खहरे–वीरेन्द्रचोक सिल


काठमाडौं, भदौ ६ । कोरोना संक्रमण ह्वात्तै बढेपछि काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नंम्बर ९ स्थित खहरे–वीरेन्द्रचोक सिल गरिएको छ । कोरोना संक्रमितको संख्या बढेपछि काठमाडौं महानगर वडा नम्बर ३२ को सिमाना खहरेचोकदेखि गान्धी स्कुल हुँदै वीरेन्द्रचोक (जगतजंग मार्ग) सम्म आउजाउ निषेध गरिएको हो ।

नगरप्रमुख कृष्णहरि थापाका अनुसार कागेश्वरी मनोहरामा अहिलेसम्म ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्य वडा नम्बर ९ मा सबै भन्दा बढी संक्रमित रहेका छन् । वडा नम्बर ९ मा हालसम्म ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैबीच सो नगरपालिकाले कोरोना परीक्षण दायर बढाएको छ । वडानम्बर ६, मूलपानीस्थित नगर अस्पतालमा नगरवासीको कोरोना परीक्षण गर्दै आएको छ । नगरवासीको वैशाख १ देखि कोरोना परीक्षण थालिएको हो ।

भदौ ५ सम्म २ हजार ४ सय १४ जनाको पीसीआर १ हजार ३ सय ४४ जनाको आरडिटी परीक्षण गरिएको नगरप्रमुख थापाले जानकारी दिनुभएको छ । नगरप्रमुख थापाका अनुसार १ हजार ६ सय ९१ पुरुष र ७ सय २२ महिलाको पीसीआर गरिएको छ । त्यस्तै ७ सय ८४ पुरुष र ५ सय ६० महिलाको आरडिटी गरिएको छ । परीक्षण गरिएका मध्ये ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।