जनता टाइम्स

६ भाद्र २०७७, शनिबार १६:२१

काठमाडौं उपत्यकामा थपिए २१६ कोरोना संक्रमित


काठमाडौं, भदौ ६ । नेपालमा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज आयोजित नियमित अपडेट मार्फत दिनुभएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २१६ जना कोरोना संक्रमण भएको हो ।

प्रवक्ता गौतमका अनसार काठमाडौंमा १६०, ललितपुरमा ६ जना र भक्तपुरमा ५० जना रहेका छन ।