जनता टाइम्स

८ भाद्र २०७७, सोमबार १३:०७

पक्राउ परेपछि कोरोना संक्रमण पुष्टि भएका व्यक्ति आइसोलेसनबाट फरार


नेपालगञ्ज, भदौ ८

लागूऔषध मुद्दामा पक्राउ परेपछि कोरोना संक्रमण पुष्टि भएका व्यक्ति फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय, बाँकेले लागूऔषधसहित पक्राउ गरेका एक व्यक्ति फरार भएका हुन् । बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले खजुरास्थित कृषि तालिम केन्द्रमा रहेको आइसोलेसन सेन्टरबाट थुनुवा भागेको पुष्टि गर्नुभयो ।

चार दिनअघि फरार अभियुक्तलाई केन्द्रको आइसोलेसनमा पठाइएको थियो । संक्रमित व्यक्ति भागेपछि आइसोलेसनको सुरक्षार्थ खटिएका प्रहरी अधिकारीमाथि पनि छानविन थालिएको छ ।