विराटनगर, जेठ १३
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव समूह वार्तामा आउनुको विकल्प नभएको बताउनुभएको छ ।राजधानीमा भएको बम विस्फोट, बन्द लगायतका गतिविधि वार्तामा आउनु अघिको अन्तिम गतिविधि भएको उहाँले बताउनुभयो ।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘बन्द लगायत जे गतिविधि गर्नुभएकोछ शायद प्रकारान्तरले वार्ताको वातावरण बनाउनकै लागि होला, मैले त्यसरी बुझेको छु ।’ वार्तामा आए प्रतिबन्ध हट्छ भन्ने प्रश्नमा उहाँले यो ठूलो विषय नभएको बताउनुभयो ।
उहाँले एकाध बम विस्फोट हुँदैमा राजनीतिक स्थिरता नडगमाउने बताउनुभाये । उहाँले सबै मिलेर समृद्धि र विकासमा अगाडि बढ्नुको विकल्प नभएको पनि सुनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्