शोभा काफ्ले खतिवडा
हिमाल चुली अग्लिए सरि
अग्लिनु नेपाली !
वीरको भूमि भनेर चिनियोस
देश यो हिमाली !!
पाखा र पर्वत सङ्गाली राखौं
धराको मायाले !
नेपाली हाँसो ओठमा सजाऊ,
कर्म र ज्ञानले !!
मेरो यो मुटु लौ चित्र कोरोस
रगतले देशको !
आमाको मान जोगाई राखोस
कर्मले ज्ञानको !!
हे जन्म भूमि सजाइ तिमीलाई
सुन्दर पारौँला !
जगतमा राम्री छन मेरी आमा
भनेर सुनाउँला !!
पाखामा पनि बिकासको धुनी
बालेर पुुर्याऊँ !
नेपाली पनि दिलका धनी छन
भनी चिनाऊ !!
यो देशको माटो सिन्दुर मानी
माथमा लगाऊँ !
गौरवको गाथा देशमा लेखाई
चिर निन्द्रा निदाऊँ !!













प्रतिक्रिया दिनुहोस्