जनता टाइम्स

१० भाद्र २०७७, बुधबार १३:२२

भरतपुर अस्पतालबाट भागेका संक्रमित नुवाकोटमा परे पक्राउ


भरतपुर, भदौ १०

चितवनको भरतपुर अस्पतालवाट भागेका १९ वर्षीय कोरोना संक्रमित पक्राउ परेका छन् । उनलाई बुधबार विहान नुवाकोट बेलकोटगढी–५ स्थित नेपाल प्रहरीको चेकिङका क्रममा पक्राउ गरिएको हो । उनी साइकलमा जाँदै गर्दा पक्राउ परेका हुन् ।

उनलाई नुवाकोटमा नै आइसोलेसनमा राख्न समन्वय भइरहको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिनुभयो । चोरीको आरोपमा पक्राउ परेका उनमा कोरोना संक्रमण पुष्टि भएपछि भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनी मंगलबार बिहान त्यहाँबाट भागेका थिए ।